२२ जेष्ठ २०८२, बिहीबार

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाली महिला टिम थाइल्यान्डसँग पराजित

कोलोराडोखबर संवाददाता , June 4th, 2025

नेपाल । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्यान्डसँग फेरि पराजित भएको छ । सोमबार राति भएको खेलमा नेपाली महिला टोली घरेलु टोली थाइल्यान्डसँग २–० गोलले पराजित भयो ।

यसअघि शुक्रबार खेलिएको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग १–० गोलले पराजित भएको थियो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा थाइल्यान्डले दुवै गोल दोस्रो हाफमा गरेका थियो । थाइल्यान्डका लागि चात्चावान रोडथोङले ५९औँ र कप्तान जिरापुरन मोङकोल्डीले ७४औँ मिनेटमा गोल गर्नुभयो ।

नेपालले एएफसी महिला एसिया कप छनोटको तयारीका लागि थाइल्यान्डसँग मैत्रीपूर्ण खेल खेलेको हो । छनोटको पहिलो चरणका खेलहरु मे ४ तारिखबाट सुरु हुने छ ।

छनोटमा नेपाल समूह ‘एफ’ मा रहेको छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलङ्का र उज्वेकिस्तान रहेका छन् । समूह विजेताले आगामी वर्ष अस्ट्रेलियामा आयोजना हुने एएफसी महिला एसिया कपमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्