नेपाल । विराट नेपाल भाषा साहित्य सम्मेलन गुथीले विराट साहित्य पदयात्राको आयोजना गरेको छ ।
भक्तपुरका विभिन्न स्थानको अवलोकन र त्यहाँको इतिहासबारे सोधखोजका साथै साहित्य वाचन गर्ने अवधारणा अनुरूप पदयात्रा गरिएको गुथीका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले जानकारी दिनुभयो ।
भक्तपुरको तःपुखु (सिद्धपुखु) बाट सुरु भएको पदयात्रा भाज्यापुखु, लायकु, तलेजु, तःमारी, दत्तात्री र प्रसन्नशील दिपङ्कर विहारमा पुगेर साहित्य वाचनसहित समापन गरिएको थियो ।
पदयात्रामा तलेजुको भैरव चोक, कुमारी चोक, सुन्धारा लुँहिति पुखुको वैदिक र तान्त्रिक इतिहासबारे त्यहाँको संरक्षक र पुजारीले जानकारी गराएको अध्यक्ष कर्माचार्यले बताउनुभयो ।
जनकलाल वैद्यले लेख्नुभएको कृतिको आधारमा न्यातपोलको इतिहास, दर्शन, पुनर्निर्माणमा काठमाडौँबाहेक उपत्यकाका अन्य जिल्लाको श्रमदान र आर्थिक सहयोग रहेको पनि तलेजुका पुजारीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्