२१ जेष्ठ २०८२, बुधबार

नेकपा एमालेले चलायो ‘म झोले हो’ अभियान

कोलोराडोखबर संवाददाता , June 3rd, 2025

नेपाल । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान सामाजिक सञ्जालमा ‘म झोले हो’ लेखिएको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गरेपछि सबै नेता कार्यकर्ताले त्यसको सिको गरिरहेका छन् ।

पोस्टर पोस्ट गर्दै प्रधानमन्त्री ओलीले ‘हिजोआज एउटालाई भगवान् बनाउनुपर्‍यो भने सामूहिकतामा विश्वास राख्नेहरूलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ । सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौँ । सामूहिक र सङ्गठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनुपर्छ’ भन्ने स्ट्याटस पनि लेखेका छन् ।

पोस्टरको तलतिर एउटा सामन्ती परिवारको दास बन्नुभन्दा देशमा परिवर्तन र विकासको झोला बोकेर हिँड्नु कयौँ गुणा उत्तम चरित्र भएको लेखिएको छ ।

एमाले महासचिव शंकर पोखरेलदेखि पोलिटब्युरो सदस्य खिमलाल भट्टराई हुँदै उक्त पोस्टर सुहाङ नेम्वाङसम्मले ‘सेयर ट्रेन्ड’ चलाइरहेका छन् । उपाध्यक्ष विष्णु पौडेल, संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलादेखि युवा संघका अध्यक्ष क्षितिज थेवेसम्मले झोले अभियानका पोस्टर सार्वजनिक गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्