२१ जेष्ठ २०८२, बुधबार

गृहमन्त्रीले राजीनामा नदिएसम्म संसद चल्न दिन्नौंः रास्वपा

कोलोराडोखबर संवाददाता , June 3rd, 2025

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने निर्णय गरेको छ ।

सोमवार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी संसदीय दलको बैठकले उक्त निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

कार्यवाहक प्रवक्ता झाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले पद छाडेर अनुसन्धानमा सघाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्