२१ जेष्ठ २०८२, बुधबार

शीर्ष नेताहरूको बैठक निष्कर्षबिहीन, गृहमन्त्रीको राजीनामाको माग यथावत्

कोलोराडोखबर संवाददाता , June 3rd, 2025

नेपाल । संसदको जारी गतिरोध अन्त्यका लागि सोमबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बिना निष्कर्ष सकिएको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने आफूहरूको अडान यथावत राखेको बैठकपछि नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।

सत्तापक्षले कर्मचारीको कुरा भएकाले गृहमन्त्रीले राजीनामा दिनु नपर्ने अडान कायम राखेका पनि उनले बताए ।

छलफलमा प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी ओली ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्