नेपाल । मंगलबार जेठ २० गतेदेखि प्रतिनिधिसभामा आगामी वर्षको बजेट माथिको छलफल सुरु हुने भएको छ ।
संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बिहान ११ बजे सुरु हुने बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने छन् ।
बैठकमा संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।
प्रतिक्रिया दिनुहोस्