२१ जेष्ठ २०८२, बुधबार

विश्वकप लिग २ अन्तर्गतको सिरिजमा नेपालद्वारा स्कटल्याण्ड पराजीत

कोलोराडोखबर संवाददाता , June 3rd, 2025

नेपाल । नेपालले आइसीसी एकदिवसीय विश्वकप लिग २ अन्तर्गतको सिरिजमा विजयी शुरुवात गरेको छ।

सोमबार राति सम्पन्न खेलमा स्कटल्याण्डलाई एक विकेटले पराजित गर्दै नेपालले विजयी शुरुवात गरेको हो । ​

स्टल्याण्डले दिएको २९७ रनको लक्ष्य पछाएको नेपालले ४९ दशमलव ५ ओभरमा ९ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाउदै २९६ रन बनाएको थियो ।

नेपाली बलर रिजन ढकाल, करण केसी र सोमपाल कामीले २–२ विकेट लिएका थिए भने सन्दीप लामिछानेले एक विकेट लिए ।

यो जितपछि नेपालको लिग–२ मा १३ खेलमा ८ अंक भएको छ र नेपाल एक स्थान माथि उक्लिदै सातौं स्थानमा पुगेको छ । अब यस सिरिज अन्तर्गत नेपालले अर्को खेल बुधबार नेदरल्याण्डससँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्