२० जेष्ठ २०८२, मंगलवार

काठमाडौंका विभिन्न स्थानमा २ महिनासम्म विरोधका कार्यक्रम गर्न नपाइने

कोलोराडोखबर संवाददाता , June 2nd, 2025

नेपाल । राजतन्त्रवादीको आन्दोलन चर्कंदै गएपछि नेपाल सरकारले काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा २ महिनासम्म अनशन, धर्ना, घेराउ, जुलुस‚ सभा लगायतका विरोधका कार्यक्रम गर्न नदिने भएको छ ।

चक्रपथ र चक्रपथभित्रका सार्वजनिक ठाउँलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । सिफल‚ बल्खु र कोटेश्वर आकाशे पुलदेखि बालकुमारीसम्मको क्षेत्र बाहेक अन्यत्र कार्यक्रम गर्न निषेध गरिएको हो ।

नारायणहिटी क्षेत्रमा सरकारले निषेधित क्षेत्र घोषणा गरेपछि प्रदर्शनकारीले प्रधानमन्त्री निवास बालुवाटार घेर्ने प्रयास गरेका थिए । शनिवार र आइतवार प्रदर्शनकारी बालुवाटार घेर्न जान खोज्दा भिडन्त भएको थियो ।

सार्वजनिक सम्पत्ति र समग्र शान्ति सुरक्षामा असर पर्न जाने अवस्था देखिएको बताउँदै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम भोलिदेखि २ महिनासम्मका लागि सरकारले निषेध गरेको आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्