नेपाल । आइतबार काठमाडौँमा राजावादीहरुको प्रदर्शनबाट पक्राउ गरिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंहसहित सातजनालाई प्रहरीले छाडेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिलराज बोहराले नियन्त्रणमा लिइएका सातजनालाई छाडेको जानकारी दिए ।
राप्रपा नेपालका अध्यक्ष थापा, सांसद सिंह, शीला राणा, राकेश बस्नेत, रामचन्द्र लामिछाने, विनोद कपाली, सरोज तिमिल्सिना र राजीव झालाई प्रहरीले पक्राउ गरेको थियो ।
भीडलाई उक्साएको, अपशब्द बोलेको, निषेधित क्षेत्र तोड्न खोजेको, प्रहरीसँग धक्कामुक्का गरेको लगायतका आरोप लगाउँदै पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्