नेपाल । मुम्बई इन्डियन्सलाई ५ विकटले स्तब्ध बनाउँदै पञ्जाब किङ्स् आईपीएल फाइनलमा प्रवेश गरेको छ।
आइतबार राति भएको क्वालिफायर खेलमा टस हारे पहिले ब्याटिङ गरेको मुम्बईले ६ विकेट गुमाएर २०३ रन बनाएको थियो । २०४ रनको सो लक्ष्य पञ्जाबले एक ओभर बाँकी छँदै ५ विकेट गुमाएर पुरा गरेको थियो ।
पञ्जाबको जितको लागि कप्तान श्रेयर ऐयरले अविजित ८७ रनको पारी खेले ।
मुम्बईका अश्वनी कुमारले २ विकेट लिँदा ट्रेन्ट बोल्ट र हार्दिक पान्ड्याले १–१ विकेट हात पारे।
त्यसअघि अमदाबादमा पानी परेर दुई घण्टा ढिला सुरु भएको खेलमा मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर २ सय ३ रन जोडेको थियो ।
पहिलो क्वालिफायर्समा पन्जाबलाई ८ विकेटले हराउँदै रोयल च्यालेंजर्स बेंगलुरुले फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।
फाइनल खेल मंगलबार अहमदाबाद मैदानमा हुनेछ। दुवै टिमले अहिलेसम्म उपाधि नजितेकाले यसपटक आईपीएले नयाँ विजेता पाउने भएको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्