१९ जेष्ठ २०८२, सोमबार

नेपालमा पेट्रोल र डिजेल तथा मट्टीतेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

कोलोराडोखबर संवाददाता , June 1st, 2025

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । शनिबार रातिदेखि लागू हुने गरी पेट्रोलमा २ र डिजेल तथा मट्टीतेलमा १ रुपैयाँ मूल्य बढाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट मूल्य बढेर आएको भन्दै निगमले पनि मूल्य बढाएको हो । निगमका अनुसार भारतबाट पेट्रोलमा २ रुपैयाँ ११ पैसा र डिजेलमा १ रुपैयाँ ९ पैसा मूल्य बढेर आएको छ ।

नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १५९ र डिजेल तथा मट्टीतेल १४३ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

निगमले हवाई इन्धनको मूल्य भने घटाएको छ । हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ ३ र अन्तर्राष्ट्रियतर्फ काठमाडौंमा २२ अमेरिकी डलरले घटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्