नेपाल (हेटौंडा) । मातृभूमि साहित्य समाज मकवानपुरले मातृभूमि साहित्य महोत्सव २०८२ सम्पन्न गरेको छ ।
बिहिवार हेटौंडा उपमहानगरपालिकाको प्रवर्धनमा आयोजित महोत्सवमा स्रष्टा सम्मान, ४ वटा विषयहरूमा परिचर्चा, परिसंवाद र बहस सञ्चालन गरियो ।
हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्य र मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालको अध्यक्षतामा आयोजित कार्यक्रममा पत्रकार प्रताप बिष्ट, साहित्यिक स्रष्टाहरू गीता रेग्मी, चन्द्र गुरूङ, माधव काफ्ले, सुदेश सत्याल सम्मानित हुनुभयो ।
कार्यक्रममा कविहरू निमेष निखिल, भूपिन, चन्द्र गुरूङ, राधिका कल्पित, सुरेन्द्र अस्तफल, सुदेश सत्याल, सञ्चारकर्मीहरू प्रताप विष्ट, गणेश लाठ र रामकुमार एलन आदिको बहस कार्यक्रम रहेको थियो ।
यस्तै अधिवक्ताहरू ऋषभ अधिकारी, मदन दाहाल, अप्सरा तिमल्सिना, गणेश लाठ, भावना सापकोटा, स्रष्टा हयग्रीव आचार्य, पर्यटन व्यवसायी भागिरथ खरेल, १० नं वडाध्यक्ष फूर्वा दोर्जे लामा र हेउमनपाका उपनिर्देशक डा. भीमप्रसाद तिमल्सिनालगायतको समेत परिचर्चा कार्यक्रम रहेको थियो ।
कार्यक्रममा साहित्यिक स्रष्टाहरू भूपिन, चन्द्र गुरूङ, राधिका कल्पित, सुरेन्द्र अस्तफल, सुदेश सत्याल, उमेश तिमल्सिना, उत्सव चौलागाईँ, सुबास सजल, राजकुमार लामिछाने, स्वस्तिका दाहाल, स्वस्तिका तिमल्सिना, हरिकृष्ण काफ्ले, प्रविना प्रयासी, समीता पौडेल, सुरेन्द्र अस्तफल, रजनी पौडेल, अनसुया खनाल, सबिता तिमल्सिना, हरि पौड्याल, केशव समर्पण, सञ्जीत श्रेष्ठ, यश लामा, देवराज तिवारी, पुष्प अधिकारी अञ्जली र संप्रस पौडेललगायतले रचना सुनाउनुभयो ।
कार्यक्रमलाई विभिन्न सत्रमा सानु खनाल र किशन पौडेलले सहजीकरण गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्