१९ जेष्ठ २०८२, सोमबार

समालोचक राजकुमार बानियाँ र आख्यानकार शैलेन्द्र अधिकारी सम्मानित

कोलोराडोखबर संवाददाता , June 1st, 2025

नेपाल । आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गरेको छ ।

यसैगरी, कोषले ‘अर्हत्’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ समर्पण गरेको छ ।

राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली लेखक सङ्घका अध्यक्ष वियोगी बुढाथोकीले बानियाँ र अधिकारीलाई सम्मान तथा पुरस्कार हस्तान्तरण गरे ।

उक्त अवसरमा बुढाथोकीले साहित्यको क्षेत्रमा वर्षौंदेखि काम गरेका व्यक्ति र कृतिको सम्मान गरेर कोषले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

कार्यक्रममा सम्मानित र पुरस्कृत व्यक्तित्वबारे कवि तथा समीक्षक शकुन्तला जोशी र हेमप्रभासले चर्चा गर्नुभएको थियो ।

सम्मानित व्यक्तित्व बानियाँले सम्मान र पुरस्कारले साहित्य साधकहरूलाई अगाडि बढ्न ऊर्जा दिने अनुभव सुनाउनुभयो ।

कार्यक्रममा कोषका संरक्षक श्यामकुमार श्रेष्ठ, सञ्चारकर्मी प्रकाश थापा, दीपक सापकोटा लगायतले आआफ्नो धारणा राखेका थिए ।

सम्मानित बानियाँ तीन दशकदेखि साहित्य लेखन, समालोचना र सम्पादन क्षेत्रमा सक्रिय हुनुहुन्छ । पुरस्कृत अधिकारीका ‘अर्हत्’ सहित ‘निर्वेद’ र ‘ब्रह्मास्त्र’ आख्यानकृति प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्