१९ जेष्ठ २०८२, सोमबार

तेक्वान्दो प्रशिक्षक रेख माया गुरुङ नेपालकै पहिलो अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल

कोलोराडोखबर संवाददाता , June 1st, 2025

नेपाल । तेक्वान्दो प्रशिक्षक रेख माया गुरुङ गण्डकी प्रदेशकै पहिलो अन्तर्राष्ट्रिय रेफ्री बन्न सफल भएकी छिन् ।

वर्ल्ड तेक्वान्दोले ताजिकिस्तानमा रेफ्रीहरका लागि लिएको परीक्षा उत्तीर्ण गर्दै उनी अन्तराष्ट्रिय रेफ्री बन्न सफल भएकी हुन् ।

११ वर्षकै उमेरमा कास्कीबाट तेक्वान्दो खेलमा समर्पित रेख मायाले तेक्वान्दोको पुम्से र ग्योरेगी दुबैतर्फको परीषा उत्तीर्ण गरेकी हुन् ।

यो परीक्षा उत्तीर्ण गरेसँगै पुम्सेतर्फ भने उनी नेपालकै एक्ली महिला अन्तर्राष्ट्रिय रेफ्री भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्