१९ जेष्ठ २०८२, सोमबार

पोखरामा पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिपका खेलहरु सम्पन्न

कोलोराडोखबर संवाददाता , June 1st, 2025

नेपाल । पोखरामा पहिलो माया गण्डकी प्रदेश स्तरीय खुला तेक्वान्दो च्याम्पियनशिपको पहिलो दिनका खेल प्रदर्शनहरू बीच सफलतापूर्वक सम्पन्न भएका छन् ।

६०० भन्दा बढी प्रतिस्पर्धीहरूले आफ्नो उत्कृष्ट कौशल प्रदर्शन गरेका छन् । प्रतियोगिताका आयोजक रेखमाया गुरुङ तथा उनकी टोलीले कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण तयारी पूरा गरेका थिए ।

मुख्य प्रायोजक पूर्व सम्माननीय अमरबहादुर गुरुङको परिवारको उपस्थिति तथा सहयोगले प्रतियोगितालाई थप गरिमामय बनाएको छ । तेक्वान्दो खेलको प्रवर्द्धन तथा खेलाडीहरूको उत्थानमा परिवारको योगदान विशेष रह्यो ।

प्रतियोगितामा मन्त्री बिन्दुकुमार थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । साथै गण्डकी प्रदेश खेलकुद परिषद्, कास्की जिल्ला खेलकुद विकास समिति, नेपाल तथा कोरियाका तेक्वान्दो समितिका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो ।

प्रतिस्पर्धाका विजेताहरू
पुरुष अण्डर १८
🥇 देवेन्द्र गुरुङ – एब्सोल्युट डोजाङ
🥈 गगन सुनुवार – पोखरा डोजाङ
🥉 विमोद गुरुङ – एब्सोल्युट डोजाङ
पुरुष अण्डर १७
🥇 सचिन बिक – एब्सोल्युट डोजाङ
🥈 सुवान गुरुङ – एब्सोल्युट डोजाङ
🥉 रोशन नेपाली – हिमति डोजाङ
🥉 राजन थापा – वारियर डोजाङ

पुरुष अण्डर ९
🥇 सुप्रीम गुरुङ – एब्सोल्युट डोजाङ
🥈 श्रावन गुरुङ – एब्सोल्युट डोजाङ
🥉 साजन गुरुङ – गोर्खा
🥉 सुवोध देवकोटा – इम्प्याक्ट

पुरुष अण्डर १२
🥇 प्रभिसन गुरुङ – एब्सोल्युट डोजाङ
🥈 रेयमन गुरुङ – एब्सोल्युट डोजाङ
🥉 सम्राट थापा – HTTD
🥉 आयुष लामा – इम्प्याक्ट

पुरुष अण्डर १४
🥇 अरिक राणा – एब्सोल्युट डोजाङ
🥈 केजिन गुरुङ – माछापुच्छ्रे
🥉 हेसाङ सारा मगर – हिमति
🥉 जितेन परियार – एब्सोल्युट

महिला ओभर १८
🥇 ऋतु बुढाथोकी – माछापुच्छ्रे
🥈 आशिक मानन्धर – पोखरा
🥉 सुदिक्षा सुनार – एब्सोल्युट
🥉 रोशनी सुनार – एब्सोल्युट

महिला अण्डर १७
🥇 प्रतिक्षा राणा – एब्सोल्युट
🥈 मियाङ गुरुङ – एब्सोल्युट
🥉 सुहानी पुन – बागलुङ
🥉 लिजा पुन – एब्सोल्युट

क्योर्गी प्रतिस्पर्धाका विजेताहरू
पुरुष अण्डर २६ के.जी.
🥇 शिरजान पुन – HTTD डोजाङ
🥈 समित देउवा – सहिद डोजाङ
🥉 बिराज भण्डारी – एब्सोल्युट
🥉 अभिजित पाठक – हिमालयन

पुरुष अण्डर २९ के.जी.
🥇 के.बी. तामाङ – सहिद
🥈 यावेश गुरुङ – सहिद
🥉 इशान महतो – वारियर
🥉 यूनिक परियार – HTTD

प्रतिक्रिया दिनुहोस्