१८ जेष्ठ २०८२, आईतवार

एनआरएनए जापानद्वारा मोरङको भगवती माविका विधार्थीका लागि झोला हस्तान्तरण

कोलोराडोखबर संवाददाता , May 31st, 2025

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी जापानको सहयोगमा बेलबारी नगरपालिका–३, मोरङ स्थित श्री भगवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १ देखि ३ सम्मका न्यून आयस्तर भएका तथा जेहेन्दार विद्यार्थीहरूलाई विद्यालय झोलाहरु हस्तान्तरण गरिएको छ ।

संघको बालुवाटारस्थित आयोजित कार्यक्रममा संघका अध्यक्ष डा. बद्री केसीले विद्यालयका प्रतिनिधिलाई झोलाहरु औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो । यस सहयोगले विद्यार्थीहरूलाई पठनपाठनमा थप प्रेरणा र प्रोत्साहन मिल्ने विश्वास लिइएको छ ।

आर्थिक रूपमा कमजोर पृष्ठभूमिबाट आएका बालबालिकाका लागि यो सहयोग निकै महत्वपूर्ण हुने विद्यालय पक्षको भनाइ छ । उक्त सामग्रीहरु स्थानीय तहमा विद्यालयमार्फत वितरण गरिने छ । एनसीसी जापानले वान एनसीसी वान च्यारिटी परियोजना अन्तर्गत उक्त सहयोग गरेको हो ।

प्रतिक्रिया दिनुहोस्