१८ जेष्ठ २०८२, आईतवार

डा. शेखर कोइराला र गगन थापाबीच अर्थपूर्ण भेटवार्ता

कोलोराडोखबर संवाददाता , May 31st, 2025

नेपाल । शुक्रबार झन्डै एक वर्षपछि नेपाली कांग्रेसका नेताद्वय डा. शेखर कोइराला र महामन्त्री गगन थापाबीच भेटवार्ता भएको छ । डा. कोइरालाको बालुवाटारस्थित सचिवालयमा भेटवार्ता भएको हो।

यसअघि दुई नेताबीच ३० असार २०८१ मा मन्त्री पठाउने विषयमा छलफल भएको थियो । त्यसपछि शुक्रबार भेट भएको नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए ।

नेता कोइरालाले कांग्रेसमा इतर समूहको नेतृत्व गर्दै आएका छन् । विगतमा महामन्त्री थापा पनि इतर समूहमै रहे पनि पछिल्लो समय कोइरालासँग दूरी बढेको चर्चा हुँदै आएको थियो । तर यसैबीच दुई नेताहरूबीच शुक्रबार भेटवार्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्