१८ जेष्ठ २०८२, आईतवार

साहित्यकार विजय चालिसेको ७४ वर्षको उमेरमा निधन

कोलोराडोखबर संवाददाता , May 31st, 2025

नेपाल । वरिष्ठ पत्रकार तथा साहित्यकार विजय चालिसेको शुक्रबार निधन भएको छ ।

गोरखापत्र संस्थानका पूर्वकार्यकारी अध्यक्ष तथा गोरखापत्र दैनिकका पूर्वप्रधान सम्पादकसमेत रहेका चालिसेको ७४ वर्षको उमेरमा निधन भएको हो ।

जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ । उनी केही समयदेखि बिरामी भएर उपचाररत रहेका थिए ।

आमसञ्चार तथा पत्रकारिताको अध्यापन समेत गर्दै आएका चालिसेका आमसञ्चार र पत्रकारिता सम्बन्धी र साहित्यिक पुस्तकहरू प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्