१८ जेष्ठ २०८२, आईतवार

बालकविता: टोपी

कोलोराडोखबर संवाददाता , May 31st, 2025

– रमेशचन्द्र घिमिरे-
चुटुक्कको सानो सानो
पहिरी ढाका टोपी
हिँड्न मन छ मलाई अब
शिर मेरो छोपी

टोपी हाम्रो सभ्यता हो
टोपी हाम्रो सान
टोपी नै हो नेपालीको
राख्ने सधैँ मान

यही टोपी लगाई हिँड्छु
भन्छ भाइ गोपी
ढल्काएर हिँड्न मन छ
मलाई झिल्के टोपी

टोपी लाउँदा मलाई अरू
गाउँले भने भनुन्
पाखे भनुन्, गवाँर भनुन्
स्याउले भने भनुन्

सभ्यताको कलममा
मसी मैले चोपी
संस्कृतिलाई जोगाउनु छ
लगाएर टोपी ।

-भोर्लेटार, लमजुङ ।

प्रतिक्रिया दिनुहोस्