१६ जेष्ठ २०८२, शुक्रबार

नेपाल सरकारले बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै

कोलोराडोखबर संवाददाता , May 29th, 2025

नेपाल । नेपालमा बिहीबार सरकारले नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दैछ । सरकारले आगामी आर्थिक वर्ष २०८२–०८३ लागि झण्डै २० खर्ब रुपैयाँको बजेट ल्याउन लागेको हो ।

दिउँसो ३ बजे बस्ने संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्नुहुने तयारी छ ।

आगामी बजेटका लागि योजना आयोगले १९ खर्बको सिलिङ दिएको थियो । तर मध्यकालीन खर्च संरचना र स्रोत समितिले भने २० खर्ब ८८ अर्ब रुपैयाँ प्रक्षेपण गरेको छ ।

बजेटमा निर्माणाधीन राष्ट्रिय परियोजना समयमा सक्ने, सामाजिक सुरक्षाका कार्यक्रम परिस्कृत गर्ने र कृषिको व्यवसायीकरणसम्बन्धी कार्यक्रम प्राथमिकतामा छन् । यस वर्ष वृद्धभत्ता पाउनेको उमेर पनि सरकारले ६८ वर्षबाट बढाएर ७० वर्ष पुर‍्‍याउने भएको छ । यस्तै कर्मचारीको तलब भने सरकारले बढाउने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्