नेपाल । नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको उच्च अदालतबाट सफाइ पाउनु भएको छ ।
उच्च अदालत वीरगन्जको न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै उहाँलाई सफाइ दिएको हो ।
रौतहट जिल्लाका आलममाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो । यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो । फैसला उल्टिएसँगै उहाँ थुनामुक्त हुनु भएको छ ।
पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजापुरमा बम बनाउने क्रममा विस्फोट भई घाईते भएकालाई इँटाभट्टामा जलाएर ज्यान लिएको आरोप लागेका आलमलाई उच्च अदालत वीरगञ्ज इजलासले सफाई दिएको हो । उहाँलाई यसअघि जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
प्रतिक्रिया दिनुहोस्