१५ जेष्ठ २०८२, बिहीबार

जेठ १५ गते गणतन्त्र दिवस जनताको उत्सवको दिन होः पोखरेल

कोलोराडोखबर संवाददाता , May 28th, 2025

नेपाल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरू जनविरोधी भएका बताएका छन् । लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने गतिविधिसँग सिङ्गो पार्टी एक ढिक्का भएर जुध्नुपर्नेमा उनले जोड दिए ।

जेठ १५ गते आयोजना गर्ने जनप्रदर्शनको तयारीका लागि जनसंगठन पदाधिकारीको बैठकमा उनले यस्तो कुरा बताएका हुन् । जेठ १५ गते गणतन्त्र दिवस जनताको उत्सवको दिन भएकोले पार्टीले विशेष उत्सवको रूपमा मनाउन लागेको उनको प्रष्टोक्ति छ ।

पार्टी सचिवालयको ५२ औँ बैठकले जेठ १५ गतेको गणतन्त्र दिवसलाई देशभर उत्सवका रूपमा मनाउने निर्णय गरेको छ ।

काठमाडौं उपत्यकाको हकमा उपत्यकाका पार्टी कमिटी र पार्टी सम्बद्ध सङ्गठनहरूको आयोजनामा सांस्कृतिक झाँकीसहित विशेष कार्यक्रम आयोजना गर्ने निर्णय एमालेको छ ।

प्रतिक्रिया दिनुहोस्