नेपाल । नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको राष्ट्रिय महाधिवेशनले अध्यक्षमा पुनः क्षितिज थेबेलाई निर्वाचित गरेको छ ।
मंगलबार सम्पन्न मतगणनाबाट प्रतिद्वन्द्वी सुमन पुरीलाई पराजित गर्दै थेबे अध्यक्षमा निर्वाचित भएका हुन् ।
थेबेले ७ सय ९६ मत ल्याउँदा पुरीले ६ सय ८ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
पोखरा सभागृहमा मंगलबार सकिएको मतदानमा १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका थिए ।
निर्वाचित
अध्यक्ष : क्षितिज थेवे
उपाध्यक्ष : महाराज गुरुङ
उपाध्यक्ष : विनय शाह
महासचिव : महेश चौलागाईं
उपमहासचिव : उपेन्द्र शाही
सचिव : अरुण कुँवर
सचिव : निसा लिम्बू
सचिव : मोविन अख्तर अलाम
सचिव : मदन भण्डारी

प्रतिक्रिया दिनुहोस्