१५ जेष्ठ २०८२, बिहीबार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा एनआरएनए सम्मानित

कोलोराडोखबर संवाददाता , May 28th, 2025

नेपाल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनमा महत्वपूर्ण सहकार्य प्रदान गरेकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रति सम्मान व्यक्त गरेको छ ।

सो अवसरमा सम्मेलनको सफल आयोजना र श्रम, रोजगार तथा सामाजिक सुरक्षाको क्षेत्रमा सशक्त नीति निर्माणमा योगदान पुर्याएको भन्दै मन्त्रालयले एनआरएनएसहित विभिन्न संघ–संस्थाहरू, विज्ञ, सामाजिक साझेदार तथा सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गर्दै सम्मान प्रदान गरेको हो ।

सन् २०२५ को मार्च १० र ११ तारिखमा सम्पन्न सम्मेलनका क्रममा विभिन्न विषयमा गहन छलफल र सुझाव आदानप्रदान भएका थिए, जसमा संघका तर्फबाट अध्यक्ष डा. बद्री केसीको पनि सक्रिय सहभागिता रहेको थियो ।

यस्तै सम्मेलनको सुरुवातदेखि नै गैरआवासीय नेपाली संघले सहकार्य गर्दै आएको थियो । सम्मेलनको प्रायोजनमा पनि संघले सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्