१५ जेष्ठ २०८२, बिहीबार

‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित

कोलोराडोखबर संवाददाता , May 28th, 2025

नेपाल । साहित्यकार मोहन सिटौलाको जीवनमा आधारित शारदा मासिकले प्रकाशन गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ ।

मंगलबार काठमडाौंमा आयोजित कार्यक्रममा पुस्तक विमोचन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले प्रस्तुत पुस्तकबाट सिटौलाको साहित्यिक योगदानबारे ध्यानाकर्षण गराउन मद्दत पुग्ने बताउए ।

पुस्तकको समीक्षा गर्दै प्राडा देवी नेपालले पाँच खण्डमा विभाजित कृतिमा ५० नेपालीमा, चार अंग्रेजीमा र चार शुभकामनासहितका ५८ जना लेखकका रचना रहेका जानकारी दिए ।

लेखकहरूले सिटौलालाई ‘नयाँ मुलुकका नाद’, बहुप्रतिभाका धनी, सिद्धिसुधा, चुचुरोका मान्छे, पीडाका पहाड फोर्दै उज्यालो रोप्ने, महारथी, विश्वमानवलगायत उपमा दिएका छन् ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष सिटौलाका ११ पुस्तक प्रकाशित छन् । ८२ वर्षीय उनी अद्यापि साहित्य सृजनामा क्रियाशील छन् । हाल अमेरिकामा रहेका उनले श्रव्यदृश्यका माध्यमबाट कार्यक्रममा आफ्ना अभिव्यक्ति प्रस्तुत गरेका थिए ।

पुस्तकको सम्पादन शारदाका प्रकाशक एवं सम्पादक विमल भौकाजीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्