१४ जेष्ठ २०८२, बुधबार

सर्वोच्चको फैसला अन्यायपूर्ण छः रास्वपा

कोलोराडोखबर संवाददाता , May 27th, 2025

नेपाल । राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वोच्च अदालतले सभापति रवि लामिछाने सम्बन्धी मुद्दामा दिएको पछिल्लो आदेशको कानूनी पालना गर्न बाध्य भएपनि विवेकका दृष्टिले अपूर्ण र अन्यायपूर्ण रहेको निष्कर्ष निकालेको छ ।

प्रवक्ता मनिष झाले सोमबार विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाटै स्थापित नजिरहरुको नजरअन्दाज गरी थुनामै राख्नुपर्ने आदेश दिइनु विधिको शासनप्रति आस्था राख्ने नागरिकहरुका लागि चिन्ताको विषय बनेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्