अमेरिका । इंग्ल्यान्ड प्रिमियर लिग २०२४-२५ सिजनको उपाधि लिभरपुल फुटबल क्लबले चार खेल बाँकी रहँदा नै सुरक्षित गर्दै आफ्नो प्रतिष्ठित इतिहासमा २० औं शीर्ष स्तरको उपाधि थपेको छ ।
लिभरपुलले यस सिजन उत्कृष्ट प्रदर्शन गर्दै ८४ अंक जोडेको छ, जुन दोस्रो स्थानको आर्सनललाई १० अंकले पछि पार्ने रिकर्ड हो ।
अन्तिम खेलमा एनफिल्डमा क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेले पनि मोहम्मद सलाहले बराबरी गोल गर्दै आफ्नो सिजनको २९ औं गोल पुरा गरे । यस गोलले उनलाई सिजनको सर्वाधिक गोलकर्ता (गोल्डन बुट_ बन्न मद्दत गर्यो । साथै, सलाहले १८ गोलमा असिस्ट पनि गरेका थिए जुन उनको प्रभावशाली खेल कौशललाई देखाउँछ ।
यो उपाधि लिभरपुलका प्रशिक्षक अर्ने स्लटको कुशल नेतृत्व र टोलीका सबै खेलाडीहरूको मेहनतको परिणाम हो । यसै सिजन लिभरपुलका डिफेन्डर ट्रेन्ट अलेक्ज्यान्डर–आर्नोल्डले क्लबबाट बिदा लिएर आगामी सिजन रियल म्याड्रिडमा जाने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्