१४ जेष्ठ २०८२, बुधबार

चलचित्र पत्रकार संघको राष्ट्रिय भेलाबाट ११ बुँदे ‘श्रीअन्तु घोषणा पत्र’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , May 27th, 2025

नेपाल । चलचित्र पत्रकार संघले २६ औँ स्थापना दिवसको अवसरमा पर्यटकीय स्थल श्री अन्तुमा विभिन्न कार्यक्रमसहित राष्ट्रिय भेला सम्पन्न गरेको छ ।

चलचित्र पत्रकार संघको दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे ‘श्रीअन्तु घोषणा पत्र’ सार्वजनिक भएको छ । घोषणा पत्रमा इलामको दश वटा स्थानीय तहमा नेपाली चलचित्र र पर्यटन विकास विस्तारका लागि कार्ययोजना बनाएर अघि बढ्न माग गरिएको छ ।

यस्तै, नेपाली सिनेमा बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न र नेपाली सिनेमा बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा संस्थासँग सहकार्य, समन्वय गरी प्रोत्साहन र प्रवर्द्धनका लागि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्