१३ जेष्ठ २०८२, मंगलवार

कृष्णबहादुर महरालाई जेलमा पुर्याउने रोशनी शाही मृत अवस्थामा भेटिइन्

कोलोराडोखबर संवाददाता , May 26th, 2025

नेपाल । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई बलात्कार आरोप लगाउँदै कारागारसम्म पुर्‍याउने रोशनी शाही मृत अवस्थामा भेटिएकी छन ।

५० वर्षीय उनी आइतबार भक्तपुरमा मृत अवस्थामा भेटिएकी हुन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका बालकोटस्थित वृहस्पति मार्गमा डेरा गरी बस्ने उनी कोठाभित्रै मृत फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डिराज न्यैपानले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्