२९ फाल्गुन २०८२, शुक्रबार

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा नारायणहिटी परिसरभित्र नारायणको पूजा

कोलोराडोखबर संवाददाता , May 25th, 2025

नेपाल । पूर्वराजा ज्ञानेन्द्र शाहले सपरिवार नारायणहिटी परिसरभित्र रहेको चतुर्व्यूह नारायण धाममा शनिबार पूजाअर्चना गरेका छन्।

पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार शनिबार साँझ पूर्वराजा शाह पूर्वरानी कोमल शाह, नाति हृदयेन्द्रसहित उक्त मन्दिरमा पुगेका हुन् ।

उक्त मन्दिरमा जान सर्वसाधारणका लागि पनि खुला छ । उक्त मन्दिरमा पूर्वराजा शाहको परिवार नियमित दर्शन तथा पूजाअर्चनाका लागि जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्