नेपाल । इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
राजस्थानको सवाइमान सिंह क्रिकेट स्टेडियममा गएराति भएको खेलमा २ सय ७ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिल्लीले १९ दशमवल ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
दिल्लीका समिर रिजवीले सर्वाधिक ५८ रनको अर्धशतकीय इनिङ खेले । करुण नायरले ४४ रन जोडे। ट्रिस्टन स्टब्स १८ रनमा नट आउट रहे ।
ओपनर केएल राहुल ३५ रनमा आउट भए। यसै खेलमा आइपिएल डेब्यु गरेका सेदिकुल्लाह अतल २२ रनमा आउट भए । ओपनर समेत रहेका कप्तान फाफ डु प्लेसिसले २३ रन बनाए ।
पञ्जाबका हप्रित ब्रारले २ तथा मार्को यानसन र प्रविण दुवेले समान १ विकेट लिए ।
त्यसअघि दिल्लीले टस हारेर पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६ रनको योगफल तयार गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्