– रमेशचन्द्र घिमिरे-
चरी जस्तै बन्न पाए कति जाती हुन्थ्यो
जहिले पनि यात्रा मेरो आकाशमाथि हुन्थ्यो
बादलसँग खेल्दै खेल्दै डुल्न घुम्न पाइने
डाँडाकाँडा नाघ्न पाइने हिमाल चुम्न पाइने
फर्की आउँथेँ आफ्नै बस्ती जब राति हुन्थ्यो
चरी जस्तै बन्न पाए कति जाती हुन्थ्यो
चारो खोज्न बेलाबेला जङ्गलमा चर्थेँ
खोल्साखोल्सी खोज्थेँ अनि पानी खान झर्थेँ
तारा साथी हुन्थ्यो मेरो जून साथी हुन्थ्यो
चरी जस्तै बन्न पाए कति जाती हुन्थ्यो ।
-भोर्लेटार, लमजुङ ।
प्रतिक्रिया दिनुहोस्