३० भाद्र २०८२, सोमबार

प्रधानन्यायाधीशबाट नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले लिए शपथ

कोलोराडोखबर संवाददाता , May 22nd, 2025

नेपाल । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

सर्वोच्च अदालतमा बुधबार आयोजित एक समारोहमा प्रधानन्यायाधीश राउतले अर्थविद् डा. पौडेललाई शपथ गराएका हुन्।

गत मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्थविद् डा। पौडेललाई गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

सरकारले गभर्नर चयनका लागि उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्