३० भाद्र २०८२, सोमबार

पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स आइपीएलको प्ले अफमा

कोलोराडोखबर संवाददाता , May 22nd, 2025

नेपाल । पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स आइपीएलको प्ले अफमा पुगेको छ ।

बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेसँगै प्ले अफ पुग्ने चार टिमको टुंगो लागेको हो ।

यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैगलुरु र पन्जाब किङ्स प्ले अफमा पुगिसकेका छन् ।

यो पटक दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स लिग चरणबाट बाहिरिएका छन् ।

लिग चरणमा अझै सात खेल बाँकी छन् ।

प्रतिक्रिया दिनुहोस्