४ असार २०८२, बुधबार

भिजिट भिसाको आवरण गडबडी गर्ने गृहका सहसचिव अख्तियारको नियन्त्रणमा

कोलोराडोखबर संवाददाता , May 22nd, 2025

नेपाल । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा छापा मारी गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको छ ।

त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख भट्टराईलाई गृह मन्त्रालयले मङ्गलबार विमानस्थलबाट सरुवा गरी मन्त्रालयमा तानेको थियो  । भट्टराई गत कात्तिक २३ गतेदेखि त्रिवि अध्यागमन प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो ।

अख्तियारले नियन्त्रणमा लिएका भट्टराईमाथि त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करीको गिरोहलाई सहयोग पुग्ने गरी भिजिट भिसाको आवरणमा ठुलो सङ्ख्यामा विदेश भ्रमणको अनुमति दिएको आरोप छ ।

यसैबिच सहसचिव भट्टराईलाई बुधबार अबेर हाजिरी जमानीमा छाडिएको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायब महानिरीक्षक हिमालयकुमार श्रेष्ठका अनुसार छापा मारिएको स्थानबाट बरामद कागजपत्र, विद्युतीय उपकरणलगायत प्राप्त प्रमाणको अध्ययन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्