२४ भाद्र २०८२, मंगलवार

साहित्यकार डीआर उपाध्यायको नयाँ उपन्यास ‘आसक्ति’ सार्वजनिक

कोलोराडोखबर संवाददाता , May 22nd, 2025

नेपाल । गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको नयाँ उपन्यास ‘आसक्ति’ एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ । उपाध्यायको यो १७औँ उपन्यास हो ।

मंगलबार काठमाडौंमा साहित्यिक पत्रकार संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद डा. अमरेशकुमार सिंहलगायतले कृति सार्वजनिक गरे ।

सिंहले राजनीतिज्ञले झुठो बोले पनि साहित्यकारले झुठो नबोल्ने भन्दै कलमको शक्तिको चर्चा गरे ।

कार्यक्रममा उपन्यासकार डा। उपाध्याय, आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकालीलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्