७ जेष्ठ २०८२, बुधबार

यो सिजनमा हालसम्म ३९५ जनाले गरे सगरमाथा आरोहण

कोलोराडोखबर संवाददाता , May 21st, 2025

नेपाल । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म ३९५ जनाले सगरमाथा आरोहण गरेका छन् ।

पर्यटन विभागका अनुसार १३५ आरोही र २३५ जना शेर्पा सहयोगीले आरोहण अनुमति छन् । शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीका सात जना छन् ।

हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् ।

सगरमाथासहित २७ हिमालमा यस यामका लागि १२७ समूहका एक हजार १६८ जनाले आरोहण अनुमति लिएका छन् । यसअघि मौसम अनुकूलभएसँगै गत आइतवार एकैदिन एकसय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्