७ जेष्ठ २०८२, बुधबार

नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेल नियुक्त

कोलोराडोखबर संवाददाता , May 21st, 2025

नेपाल । नेपाल राष्ट्र बैंकको गभर्नरमा अर्थविद् डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले मंगलबार साँझ पौडेललाई १८औं गभर्नरका रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

सिफारिस समितिले डा. विश्वनाथ पौडेल, राष्ट्र बैंकका कायममुकायम गभर्नर निलम ढुङ्गाना र पूर्वसचिव डा. दिनेश भट्टराईसहित तीन जनाको नाम सिफारिस गरेकामा डा. पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरिएको हो ।

अमेरिकाबाट पीएचडी गरेका पौडेल योजना आयोगका पूर्व उपाध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस्