६ जेष्ठ २०८२, मंगलवार

गणतन्त्र दिवस तयारी समितिबाट बालेनलाई हटाउन निर्देशन !

कोलोराडोखबर संवाददाता , May 20th, 2025

नेपाल । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) गणतन्त्र दिवस मूल समारोह तयारीसम्बन्धी बैठकमा सहभागी नभएकामा प्रधानमन्त्री केपी ओलीले असन्तुष्टि जनाएका छन् ।

ओलीको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकमा बालेन सहभागी भएका थिएनन् ।

आगामी १५ जेठमा आयोजना हुने गणतन्त्र दिवस मुल समारोह आयोजनाका लागि ओलीको संयोजकत्वमा गठित समितिमा बालेन पनि सदस्य छन् ।

बैठकमा बोल्दै ओलीले गणतन्त्र दिवसजस्तो राष्ट्रिय महत्वको कार्यक्रममा सहभागी नहुनेलाई आगामी दिनमा नबोलाउन ओलीले निर्देशन दिए ।

ओलीले बालेन निरन्तर बैठकमा अनुपस्थित रहने गरेकामा तीव्र विरोध गरे ।

टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र दिवसको मुल समारोह आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्