कोलोराडो । कोलोराडो एसियन कल्चर एजुकेसन नेटवर्क र एसियन एभेन्युद्वारा संयुक्त रुपमा आज सम्पन्न भएको २०२५ एसियन अमेरिकन हिरो अफ कोलोराडो अवार्डद्वारा नेपालको प्रतिनित्व गर्दै बिनिशा श्रेष्ठ सहित अरु ६ जना सम्मानित भएका छन् ।
सो अवार्ड हरेक वर्ष, विगत १६ वर्ष देखिआयोजना हुदै आईरहेको छ । विभिन्न विधामा आ आफ्नो कर्म क्षेत्रमा योगदान पुर्याए बापत कम्युनिटी भोटिंगका आधारमा एसियन मुलका व्यक्ति हरुलाई यो अवार्ड प्रदान गर्ने गरिन्छ । यो अवार्डद्वारा सम्मानित हुने उहाँ पहिलो नेपाली मुलकी महिला हुनुहुन्छ ।
उहाँले विगत ५ बर्ष देखि नेपाली कला संस्कृति प्रवर्तन गर्ने कार्य कोलोराडोमा गर्दै आउनु भएको छ । जसमा मोजेक अफ कल्चर नेपाली कला प्रद्र्शनी एक वर्ष सम्म अरोरा हिस्ट्री म्यूजियम मा राखिएको थियो । सो कला प्रदर्शनी लगभग १२००० जनाले भिजिट गरेका थिए। हाल भईरहेको युबेश धौभडेलको फोटोग्राफी प्रदर्शनी “Confluence of festivals: Temple Town to the World पनि वहाँकै कोअरडिनेसनमा भईरहेको छ ।
निकट भविष्य मा बोल्डर म्युजियम, डेनभर अन्तरास्टिर्य एयरपोर्ट र वेस्टर्न युनियन हेडक्वाटर डेनभर मा पनि नेपाली कला प्रदर्शनी वहाँको समन्वयमा हुनेछ । यो वर्षको अरोरा ग्लोबल फेस्टमा पनि विशेष ग्लोबल लिडर्स रेसेप्सन वहाँको समन्वयमा नेपाली दूतावास र नेपाल टुरिजम बोर्डले गर्ने भएको छ ।
गत वर्ष पनि वहाँले सिटि अफ अरोराबाट ‘ग्लोबल लिडर्स अवार्ड २०२४’ प्राप्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्