२ जेष्ठ २०८२, शुक्रबार

नेपालमा पेट्रोल र डिजेल-मट्टितेलको मूल्य घट्यो

कोलोराडोखबर संवाददाता , May 16th, 2025

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले बिहीबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक रुपियाँ र डिजेल–मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ घटाएको हो ।

मूल्य समायोजनसँगै पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १५४ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि १५६ रुपियाँ र तेस्रो वर्गका लागि १५७ रुपियाँ कायम भएको छ ।

यस्तै डिजेल–मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १३९ रुपियाँ ५० पैसा, दोस्रो वर्गका लागि १४१ रुपियाँ र तेस्रो वर्गका लागि १४२ रुपियाँ तोकिएको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्