नेपाल । सगरमाथा संवाद शुक्रबारदेखि सुरु हुँदै छ । नेपाल सरकारले सगरमाथा संवादलाई अन्तर्राष्ट्रिय मञ्चका रूपमा स्थापित गर्ने उद्देश्यसहित यसै वर्षदेखि यो कार्यक्रम सुरु गर्न लागेको हो ।
सगरमाथा संवादको पहिलो ‘संस्करण जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ विषयमा आयोजना हुँदै छ । सगरमाथा संवाद हरेक दुई वर्षमा फरक मुद्दाका उठानसहित सञ्चालन गरिने प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
संवादको पहिलो संस्करणमा जलवायु परिवर्तन सम्बद्ध विषय उठान गरे जस्तै अन्य संस्करणमा ज्वलन्त वैश्विक मुद्दालाई बहसमा ल्याउने प्रयत्न गरिने छ । जसमा विश्व शान्ति प्रव्रिmया, समावेशी लोकतन्त्र, महिला सशक्तीकरण र समाजका सीमान्तकृत वर्गको उत्थानलगायतका विषयमा नेपालका सफलताका कथासँगै आवश्यक मार्गदर्शनमा सगरमाथा संवाद सहायक हुने विश्वास गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादका विषयमा दिनुभएको वक्तव्य अनुसार सगरमाथा संवाद एक बहुपक्षीय संवाद मञ्च हो जुन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय महत्वका प्रमुख मुद्दामा छलफल गर्न प्रतिबद्ध छ । विश्वव्यापी मञ्चका रूपमा सगरमाथा संवादले सकारात्मक परिवर्तनको भूमिका खेल्ने छ ।
प्रतिक्रिया दिनुहोस्