नेपाल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यही वैशाख २८ गते संघीय संसदमा प्रस्तुत गर्नु भएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे मंगलबारदेखि छलफल हुँदैछ ।
मंगलबार संघीय संसद्का दुवै सदनको बैठक मंगलबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ मा बस्नेछ ।
बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने सम्भावित कार्यसूची तय भएको छ।
प्रतिक्रिया दिनुहोस्