३१ बैशाख २०८२, बुधबार

गजलः बिक्नैपर्छ दुनियाँमा गरीब प्रतिभाले…

कोलोराडोखबर संवाददाता , May 12th, 2025

–धनराज गिरी–
बिक्नैपर्छ दुनियाँमा गरीब प्रतिभाले
यति कुरा सम्झाएको खकुरेल बाले

स्वाभिमानको वैरी अभाव टिक्न दिन्न पक्का
दीनहीन सधैं लाचार, भन्छ कविताले

साहित्यमा,आलेखमा केको चुरीफुरी १
सारा प्रा डा बिकी बिकी नयाँ कदम चाले

बजार हो दुनियाँ यो, विनिमय नियम
जायज बिकाइ केही छैन बिक गोरे काले

ऊ,म,तिमी,हामी सबै बिकी आएकै हौं
सत्य बोल्न लेख्न गाह्रो,भन्थे सुदामाले ।

–चितवन ।

प्रतिक्रिया दिनुहोस्