२८ बैशाख २०८२, आईतवार

कोलोराडोका दुई स्थानमा मे २४ देखि हरेक शनिबार नेपाली भाषा पाठशाला सञ्चालन हुने

कोलोराडोखबर संवाददाता , May 11th, 2025

कोलोराडो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडोका शाखाको संयोजनामा यसवर्ष पनि कोलोराडोका दुई स्थानमा नेपाली भाषा पाठशाला सञ्चालन हुने भएको छ ।

२४ मे शनिबारदेखि हरेक शनिबार कक्षा दिउँसो २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ ।

नेपालीघरमा वेस्टमिनिस्टर स्कूल र स्मोकी हिल यूनाइटेड चर्चमा अरोरा स्कूल सञ्चालन हुने अनेसास कोलोराडो शाखाका अध्यक्ष किरण अधिकारीले जानकारी दिए ।

विगतामा झैं यो गमी बिदामा आफ्ना बालबालिकाहरुलाई नेपाली भाषा पढ्न, लेख्न र बोल्न सिकाउनका लागि भाषा पाठशालामा भर्ना गराउन सम्पूर्ण कोलोराडोवासी नेपालीहरुलाई अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्