२८ बैशाख २०८२, आईतवार

रवीन्द्र मिश्रलाई बिना शर्त रिहाइ गर्न कमल थापाको माग

कोलोराडोखबर संवाददाता , May 11th, 2025

नेपाल । राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिना शर्त तत्काल रिहाइ गर्न सरकारसँग माग गरेका छन् ।

शनिवार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी भएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता तथा कार्यकर्तालाई रिहाइ गर्न माग गरेका हुन् ।

उनीहरु संविधानले दिएको अधिकार प्रयोग गरी आफ्ना विचार राख्ने क्रममा पक्राउ परेको थापाले बताए । उनीहरू आस्थाको बन्दी भएको उनको भनाइ छ ।

गत चैत १५ गते भएको राजावादीको प्रदर्शनको क्रममा मिश्र लगायतका व्यक्तिहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्