नेपाल । पूर्व प्रधानमन्त्री तथा नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाल अस्वस्थ भई उपचारका लागि अस्पताल भर्ना हुनु भएको छ । उहाँको निजी सचिवालयले स्वास्थ्य नोट लेख्दै उक्त जानकारी दिएको हो ।
स्वास्थ्य नोटमा भनिएको छ, ‘नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माननीय माधवकुमार नेपाल बैशाख २५ गते नियमित स्वास्थ्य परीक्षणका लागि त्रि।वि।मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, शिक्षण अस्पताल, महाराजगञ्जमा जानुभएकोमा मुटुको एञ्जीओग्राम परीक्षण गर्दा रक्तनलीमा देखिएको अवरोध खुलाउन एञ्जीओप्लाष्टी गर्नुपर्ने चिकित्सकहरुको सुझाव अनुरुप सोही दिन उहाँको एञ्जीओप्लाष्टी गरिएको छ।’
स्वास्थ्य नोटमा अगाडि भनिएको छ,‘सेन्टरका कार्यकारी निर्देशक तथा इन्टरभेन्सन कार्डियोलोजिष्ट प्राडा रत्नमणी गजुरेलको नेतृत्वमा रहेको चिकित्सकहरुको टोलीले गरेको उक्त उपचार पश्चात उहाँले पूर्ण स्वास्थ्यलाभ लिदै हुनुहुन्छ। उहाँको सफल उपचार गर्नुहुने चिकित्सकहरुको टोली सहित, अस्पताल प्रशासन, नर्स तथा सहयोगी सबैप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं । साथै उहाँको स्वास्थ्यलाभको कामना गर्नुहुने सबैप्रति हामी आभारी छौँ। पूर्ण स्वास्थ्यलाभ पश्चात उहाँ छिट्टै नियमित काममा फर्किने जानकारी गराउँछौँ ।’
प्रतिक्रिया दिनुहोस्