नेपाल । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग ‘आईपीएल’ क्रिकेट रद्द गरेको छ ।
शुक्रबारदेखि आईपीएलका बाँकी खेलहरु रोकिएका छन् । भारत र पाकिस्तानबिचको पछिल्लो तनावको असर आईपीएलमा परेको हो ।
दुबै राष्ट्रले एक–अर्काविरुद्ध सैन्य कारवाही सुरु गरेका कारण बीसीसीआईले आईपीएल रद्द गर्ने निर्णय लिएको हो । दुबै देशबिच तनाव सुरु भएपछि आईपीएल खेलाइने स्टेडियमहरुमा बम आक्रमणको धम्की प्राप्त भएका थिए ।
आईपीएलका खेलहरु पनि प्रभावित बनेका थिए । पछिल्लो घटनाक्रमपछि आईपीएल खेलिरहेका विदेशी खेलाडीहरु पनि निकै त्रसित देखिएका छन् । उनीहरु भारत छाडेर स्वदेश फर्कन चाहन्छन् ।
यी सबै पक्षलाई ध्यानमा राखेर आईपीएल रद्द गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आईपीएलको १८औं संस्करणमा हालसम्म ५८ खेल खेलिसकिएको छ । बीसीसीआईले सरकार र आईपीएलमा सहभागी सबै टोलीसँग सल्लाह गरेर यस्तो निर्णय लिइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्