२७ बैशाख २०८२, शनिबार

एनआरएनए अध्यक्ष डा. बद्री केसी र उर्जा मन्त्री खड्काबीच भेट, लगानीबारे छलफल

कोलोराडोखबर संवाददाता , May 10th, 2025

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काबीच नेपालमा जलबिद्युत क्षेत्रमा गैरआवासीय नेपालीहरुको लगानी प्रवर्द्धनका विषयमा विशेष छलफल भएको छ ।

शुक्रवार सिहंदरवारस्थित उर्जा मन्त्रालयमा अध्यक्ष डा। केसी नेतृत्वको प्रतिनिधिमण्डल र मन्त्री खड्काबीच भएको छलफलमा जलबिद्युत क्षेत्रमा सम्भाव्य लगानीका अवसरहरू, सरकारको सहकार्य, र गैरआवासीय नेपालीहरूको भूमिकाबारे कुराकानी गरिएको थियो ।

भेटका क्रममा मन्त्री खड्काले एनआरएनएभित्र एकता कायम हुनुपर्नेमा जोड दिँदै, एकताले सरकारलाई सहज सहकार्य गर्न सहयोग पुर्‍याउने बताए। उनले गैरआवासीय नेपालीहरूको साझा प्रयासले मात्रै देश समृद्धितर्फ उन्मुख हुने उल्लेख गरे ।

अध्यक्ष डा. केसीले संस्थाभित्र उत्पन्न समस्या र विवादका कारण महत्त्वपूर्ण एजेन्डाहरू ओझेलमा पर्ने खतरा रहेकाले “एनआरएनए कन्क्लेभ २०२५” आयोजना गर्न लागिएको बताए । उनका अनुसार केही महिनाभित्र आन्तरिक समस्याहरू समाधान गरिने विश्वास छ ।

उक्त भेटमा एनआरएनए उपाध्यक्ष रोशन थापा, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमल्सीना, महिला सचिव राधिका ९टिका० गुरुङ्गलगायतको उपस्थिति थियो।

यसैबीच, आगामी बुधवार (१४ मे) काठमाण्डौंमा आयोजना हुने “एनआरएनए कन्क्लेभ २०२५” को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । “एनआरएनको अधिकार, समृद्धिको आधार” नाराका साथ आयोजना हुने उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गर्न अध्यक्ष डा. केसीको नेतृत्वमा गैरआवासीय नेपाली प्रतिनिधिमण्डलले बालुवाटारमा भेट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्