२६ बैशाख २०८२, शुक्रबार

भारत-पाकिस्तानबीच तनावः आतंकवादविरुद्ध उभिने नेपालको प्रतिक्रिया

कोलोराडोखबर संवाददाता , May 9th, 2025

नेपाल । भारत–पाकिस्तानबीच तनाव चर्किरहँदा नेपालले आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने जनाएको हो ।

मन्त्रालयले गत २२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि बढेको दुई देशबीचको तनावले नेपाल सरकार चिन्तित रहेको जनाएको छ । पहलगाममा घटनामा एक नेपाली नागरिकसहित २७ जनाको मृत्यु भएको थियो ।

विज्ञप्तिमा उक्त दुःखद घटनामा नेपाल र भारत एकठाउँमा उभिएको जनाउँदै आततायी आतंकवादी आक्रमणको तत्कालै आलोचना गरेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्